February 11, 2024
अब घरजग्गा कारोबार गर्दा अनिवार्य अनुमति लिनुपर्ने भएको छ। सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० ले यस्तो व्यवस्था गरेको हो। यो प्रतिनिधि सभाबाट पारित भइसकेको छ। राष्ट्रिय सभाबाट पारित भई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त व्यवस्था लागु हुनेछ । अहिले घरजग्गा कारोबार गर्न कुनै नियम छैन। प्रत्येक व्यक्तिले घरजग्गा कारोबार गर्न सक्छन्। अहिले कम्पनीका साथै व्यक्तिगत रूपमा घरजग्गा कारोबार भइरहेको छ ।
February 11, 2024
....heartily congratulations for being elected (all unanimously) new Nepal Association of Realtors and Agencies (NARAA) executive board on february 10, 2024, evening in kathmandu...wishing you all the best and successful tenure ahead...! -Ghar Jagga Bazar Real Estate (P) Ltd, (www.gharjaggabazar.com) family
July 20, 2023
काठमाडौं । वाणिज्य बैंकहरुले साउनदेखि ब्याज घटाउने तयारी गरेका छन् । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि साउनदेखि लागू हुने गरी कर्जाको ब्याजदर घटाउने तयारी भएको हो ।
June 20, 2023
काठमाडौं । सरकारले घरजग्गा क्षेत्रमा पुरानै कर लागू हुने स्पष्ट गरेको छ । आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै घरजग्गा क्षेत्रमा पुरानै कर लागू हुने जनाएको हो ।
August 23, 2022
आफ्नो अचल सम्पत्ति (घरजग्गा) बिक्री गर्दा लाग्ने कर (गेन कर,बिक्री कर) राजस्वको रुपमा तिर्नु पर्छ भन्ने कतिलाई जानकारी नभएको देखिएकोले आफ्नो घरजग्गाको बिक्री मुल्य राख्दा सो कर पनि समाबेश गरेर आफ्नो बिक्री मुल्य तय गरेमा सधैंको लागि आफु सुसुचित रहेको प्रस्ट हुनेछ । यसको सही जानकारी बिक्रिकर्ता र खरिदकर्ता बिच सही ढंगले प्रस्तुत नगरिदा कतीपय ठाउँहरुमा अन्योल भइ बैना भैसकेको कारोबार पनि रद्द हुन पुगेको छ । बिशेष गरेर लाभ कर भन्ने बितिकै बिक्रेताले नै ब्यहोर्नु पर्ने कर्तब्य हुन आउँछ तथापी कतिपय खण्डमा दुबै पक्षको समझदारीमा पनि तय गर्न सकिन्छ । तसर्थ प्रारम्भमै सहि जानकारी पुर्याउनु पनि हामी जस्ता रियल स्टेट एजेन्सिहरुको ठुलो कर्तब्य हुन आउँछ ।
August 22, 2022
काठमाडौं । सरकारको घरजग्गा कारोबारमा कडाइ गर्ने नीति अंगिकार गरेसँगै कित्ताकाट तथा राजस्व संकलनमा असर परेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि कडाइ गर्ने नीतिले लिएसँगै घरजग्गा कारोबारमा उल्लेख्य गिरावट देखिएको छ । भूमि, व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आवको साउन महिनाको तुलनामा चालु आवको साउन महिनामा जग्गा कित्ताकाटमा ८८ प्रतिशतले घटेको छ । साथै, घरजग्गा कारोबारबाट सरकारलाई प्राप्त हुने राजस्वमा ६६ प्रतिशतले ओरालो लागेको छ ।
June 11, 2022
काठमाडौँ — अब काठमाडौं उपत्यकामा आवासीय प्रयाेजन अर्थात घर बनाउनका लागि ४ आना (१३० वर्गमिटर)भन्दा कम हुनेगरी जग्गाको कित्ताकाट गर्न नपाइने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको भू उपयोग नियमावली २०७९ मा सो व्यवस्था गरिएको हो । यो राजपत्रमा प्रकाशन गरी लागू गरिएको छ ।
March 15, 2022
‘दलेदाइ’ को ट्याग हटाएर प्रतिस्पर्धी र पारदर्शी व्यवसायीक यात्राको शुरूवात ! काठमाडौं । नेपालमा अहिले हाउजिङ तथा अपार्टमेन्टको खरीदविक्री गर्न डेभलपरहरूले छुट्टै सेल्स तथा मार्केटिङ टिम खडा गर्नुपर्छ । तर अव भने डेभलपरहरूले व्यवसायीक रियल इस्टेट एजेन्टहरूसँग सहकार्य गरेर आफ्नो प्रोपर्टी बेच्ने गरी नेपालमै नौलो अभ्यास शुरू हुने भएको छ । नेपालको घरजग्गा क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ भन्दै ३ दशकदेखि सक्रिय ओम राजभण्डारीको कम्पनी बृहत इन्भेष्टमेन्ट प्रालि र घरजग्गा क्षेत्रलाई व्यवस्थित र व्यवसायीक बनाउनुपर्छ भन्दै ४ वर्ष अघि स्थापना भएको नेपाल रियल इस्टेट अर्गनाइजेशन (एनरियो) बीचको समझदारीबाट नेपालमै नौलो अभ्यासको शुरूवात गरिएको हो ।
March 02, 2022
काठमाडौं । बैंकमा लगानीयोग्य रकम (तरलता) अभाव भएपछि ब्याजदर निकै बढेको छ । बैंकमा ब्याजदर बढेपनि कर्जाको माग भने घट्न सकेको छैन । निक्षेप अभावका कारण बैंकहरुलाई कर्जा दिन भने निकै हम्मेहम्मे परेको अवस्था छ । बैंकहरुले कर्जा दिँदा समयमा नै कर्जा उठ्ने, कर्जा नफस्ने, राम्रो धितो भएको ठाँउमा बैंकहरुले कर्जा दिने गरेका छन् । त्यही अनुसार बैंकहरुले कर्जा प्रदान गर्ने गरेका छन् ।
September 17, 2018
(first posted on 17 september, 2018) Crucial information for property sellers which makes very much difference to success the deal. Many property sellers have a difficulty on the dealing time due to lack of information regarding to collect the proper documents of their property when serious buyer asks for it to check and see the proper information. The dealing always goes phase wise as following: 1) First phase : Seller publishes out or lists their property in the market to sell their valuable property through any professional real estate agency/agent or broker. It will spread out day by day in the real estate market.
Property Seller
We are very much thankful to you for the professional help...
View Count: 3004
Property Buyer
A very big thank you to Gharjaggabazar.com for finding the...
View Count: 4586
Property Seller
Thank you so much Ghar Jagga Babzar Realestate team(GJBR),...
View Count: 4572
The name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.
Read More© 2009-2024. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.